Wednesday, January 20, 2016

वार्ता सुस्ताएसँगै मधेसमा निराशा

माघ ६, २०७२- प्रमुख तीन दल र मधेसी मोर्चाबीचको वार्ता सहमति नजिक पुगेका बेला जस्तो आशा जागेको थियो, टाढा हुँदा त्योभन्दा बढी निराशा छाएको छ । आन्दोलन र बन्दका कारण मधेसमा हजारौंको रोजगारी गुमेको छ । करोडौं नोक्सान भएको छ ।
व्यापार व्यवसाय धरासायी बनेका छन् । वार्ता सहमतिनजिक हुँदा ५ महिनाभन्दा बढी लामो बन्दको अन्त्य हुने आसमा बसेका सर्वसाधारण दूरी बढेपछि निराश बने । वार्ता नमिल्दा मधेसका सहरमा प्रदर्शनसमेत भए ।
वीरगन्ज रानीघाट निवासी मनोज कुर्मीले निर्णायक भनिएको वार्ता अवरुद्धपछि निराशा व्यक्त गरे । ‘निकास आउला भनेको फेरि अवरुद्ध भयो,’ उनले भने, ‘अन्योलता झन् बढेको छ ।’ महिनांै आन्दोलन हुँदा मधेसमा समस्या बढ्दै गएकोप्रति त्यहाँका स्थानीय चिन्तित छन् ।
पछिल्ला केही दिनदेखि सामान्य वीरगन्ज मंगलबार बिहान मधेसी मोर्चाको सहरका विभिन्न भागमा टायर बालेर प्रदर्शन गरी सरकारमाथि दबाब सिर्जना गरेका छन् । विगत केही दिनयता जारी मधेस आन्दोलनको केन्द्रबिन्दु बनेको आर्थिक नगरी वीरगन्जको जनजीवन सहज बन्दै गएको थियो ।
निजी विद्यालयका बस, लामो तथा छोटो दूरीका यात्रु तथा मालवाहक गाडीसमेत चल्न थालेका थिए । ५ महिनाभन्दा लामो आन्दोलनलाई निकास दिने वार्ता निष्कर्षमा नटुंगिँदा जनतामा फेरि निराशा फैलिएको छ । अधिकारविहीन कार्यदलसँग वार्ता नगर्ने भन्दै मोर्चाले ३ दलसँग वार्ता गरी साझा अवधारणा बनाउन मधेसी मोर्चाले कार्यदल विघटन गरेको छ । योसँगै सहमति निकट पुगे पनि पुन: अवरोध आएको छ ।
मधेसी मोर्चा नेताहरू भने आन्दोलन चर्काउने चेतावनी दिन थालेका छन् । ‘यही अवस्थामा कुनै पनि हालतमा आन्दोलन रोक्दैनौं,’ संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले टेलिफोनमा भने, ‘अब आन्दोलन कडा पार्छौं ।’ ‘मोर्चाको बटमलाइन भनेको प्रदेशको सीमांकन हेरफेर हो,’ यादवले भने, ‘यदि प्रमुख तीन दल यो विषयमा सहमति गर्न तयार भए मोर्चा तयार छ ।’
उनले शीर्ष तहको वार्ताले निष्कर्ष निकाल्नेमा समेत आशंका व्यक्त गरे । ‘शीर्षस्तरमा पनि तत्काल सहमति हुन सक्ने सम्भावना देखिँदैन,’ उनले भने, ‘अब फेरि कडा आन्दोलनमा जानुको विकल्प छैन ।’ दुई–चार दिनमै बस्ने मोर्चा बैठकले आन्दोलनको समीक्षा गर्दै नयाँ कार्यक्रम घोषणा गर्ने उनले बताए ।
 मोर्चाका तर्फबाट कार्यदल सदस्यसमेत रहेका तराई मधेस सद्भावना पार्टी वरिष्ठ नेता रामनरेश रायले कार्यदलस्तरमा उठाएका ती विषयमध्ये धेरैमा सहमति भएको बताए । उनी भन्छन्, ‘सहमति भइसकेको विषयमा पनि सरकारी पक्ष भागेकाले पुन: आन्दोलनमा फर्किन बाध्य बनाएको छ ।’
‘अब कुरा मिल्यो भने आश्चर्य हुनेछ,’ सद्भावना महासचिव मनीषकुमार सुमनले भने, ‘माघ ८ पछि मोर्चाले पुन: आन्दोलनलाई कडा रूपमा अघि बढाउँछ ।’ कार्यदलस्तरमा सहमति भइसकेको विषयमा पनि मुख्य तीन दलको शीर्ष नेतृत्व र त्यसमा पनि एमाले सहमत नहुँदा वार्ताको वातावरण बिग्रिएर आफूहरूलाई पुन: आन्दोलनमा फर्कन बाध्य पारिएको तराई मधेस लोकतान्त्रिक पार्टी महामन्त्री सर्वेन्द्रनाथ शुक्लले बताए ।
पाँच महिनादेखि जारी आन्दोलनको सुरुवाती चरण मोर्चा नेताले यसपालि मधेसका सबै माग नगदमा पूरा गराउने भन्दै जनता सडकमा उतारेका थिए । नगद उपलब्धि नहोउन्जेलसम्म आन्दोलन जारी रहने मोर्चाले बताउँदै आएको छ ।
राजनीतिक विश्लेषकका अनुसार सीमांकनबाहेक अन्य मागमा मोटामोटी सहमति बनिसक्दा पनि त्यही नगदको प्रचारबाजीले आन्दोलन अवतरणमा सकस भएको हो ।
नेताहरूमा आज बोल्दा भोलि के असर गर्छ, भन्ने विचार नगर्दा आन्दोलन अवतरणमा सकस भएको बुझिएको छ । ३ दलका शीर्षस्थ नेताले जिल्ला त के एक इन्च जमिन पनि नदिने जस्ता अभिव्यक्तिले पनि माहोल बिगारेको राजनीतिक जानकार बताउँछन् ।
महतो आशावादी
मधेस आन्दोलन सुरु भएयता चर्को भाषण दिएर चर्चामा रहेका सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले कार्यदल स्तरमा वार्ता नटुंगिए पनि शीर्षस्तरमा सफल हुन सक्नेमा आशावादी देखिएका छन् ।
मंगलबार राजधानीमा मोर्चाले पत्रकार सम्मेलन गरी कार्यदल स्तरमा वार्ता समाप्त भएको बताएलगत्तै सिरहाको लहान पुगेका महतोले कान्तिपुरसित टेलिफोनमा भने, ‘कांग्रेस, एमाले र एमाओवादी शीर्ष नेता पार्टीभन्दा माथि उठेर समस्या समाधानमा इमानदारिता देखाए समस्या समाधान हुन्छ ।’ कार्यदल गठन नै समय खेर फाल्नका लागि भएको महतोको भनाइ थियो ।
उनले भने, ‘मैले पहिला पनि भनेको थिएँ, कार्यदल समय वर्वाद गर्नेमात्र हो त्यही भयो, वार्ताको अन्तिम निकास त शीर्ष तहमै हुन्छ नि ?’ एकअर्काको दोष लगाएर होइन, इमानदार भएर वार्तामा बसे चाँडै सहमति हुने महतोले बताए । ‘मलाई उम्मिद छ मुख्य दलका शीर्ष नेता जसरी संविधान बनाउँदा पार्टीभन्दा माथि उठे त्यसरी नै मधेस आन्दोलन सम्बोधन गर्न लाग्नुपर

मनाङमा हिमपात जारी

मुगु सदरमुकाम गमगढीस्थित कालीका मालिका मन्दिर क्षेत्रमा परेको हिउँ । लामो खडेरीका कारण चिन्तित भएका किसान हिउँ परेपछि खुसी भएका छन् । तस्वीर: कविराज कार्की/अनलाइनखबरमाघ ६, २०७२- हिमाली जिल्ला मनाङमा हिमपात भइरहेको छ । १३ गाविस रहेको मनाङको तल्लो क्षेत्र मानव ३ गाविसको मानववस्तीमा बाहेक प्रायः सवै ठाउँमा हिमपात भएको स्थानीयले बताएका छन् ।
मंगलबार दिउँसोदेखि निरन्तर हिमपात भइरहेको स्थानीयवासिन्दाले बताएका छन् । सदरमुकाम चामेदेखि माथिल्लो क्षेत्रका मानववस्ती, सडक तथा बाटोमा २ देखि ३ फिटसम्म हिउँ जमेको निमित्त प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तले बताए ।
उनका अनुसार चामेदेखि माथिल्लो क्षेत्रमा हिमपातका कारण सवारी साधन गुड्न सकेका छैनन् । मानिसको आवतजावत पनि रोकिएको छ । तल्लो क्षेत्र कोतो र थानचोक क्षेत्रमा हिउँमा फसेका ४ वटा जीपलाई प्रहरीले झिकेर गन्तब्यमा पठाएको छ । केही जीप अझै फसेका छन् । लमजुङ सदरमुकाम बेसीशहरबाट गएको गाडी मनाङको तल्लो क्षेत्र दानाक्युमा रोकिएका छन् । मानिसहरु हिँड्न बाध्य छन् ।
माथिल्लो मनाङ गाउँमा पनि हिमपात जारी छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना -एक्याप) मनाङका निमित्त प्रमुख कैलाश तिवारीका अनुसार करीब १ फिटसम्म हिउँ जमेको छ । मौसम बदली भइरहेको छ । 'हिमपातका कारण पर्यटक सुरक्षित ठाउँमा बसोबास गरिरहेका छन् । माथि -थोराङ्ला पास) गएका छैनन् ।' हिमपातका कारण मोवाइल फोनमा समस्या छ ।


http://bit.ly/1KqxIno

सार्बजनिक यातायातको भाडा घटाउने गृहकार्य सुरु

६ माघ, काठमाडौं । यातायात व्यवस्था विभागले यो हप्ता सार्बजनिक सवारीको भाडा समायोजन नहुने बताएको छ । तर, लामो दुरीको भाडा घटेको अनुभव हुने गरी समायोजन हुने विभागले जनाएको छ । नेपाल आयल निगमले तेलको मूल्य घटाएपछि हवाइ भाडा घटिसकेको छ । अब गाडी... - See moref

यू-१९ क्रिकेटरलार्इ प्रधानमन्त्रीको सुझावः खेल्ने बेला नेपाल सम्झनुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वकप खेल्ने तयारीमा रहेका यु–१९को राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई देशको नाम जपेर मैदानमा उत्रन आग्रह गरेका छन् ।
आगामी हप्ता बंगलादेशमा हुने विश्वकप खेल्न जानुअघि नेपाली टोलीलार्इ विदाइ गर्दै प्रधानमन्त्रीले भने-खेलेका बेला नेपाल सम्झनुहोस्, सगरमाथा सम्झनुहोस् ताकि तपार्इंको ब्याटले छक्का–चौका हानोस्, तपाईंको बलले विकेट ढालोस् ।’
प्रधानमन्त्री ओलीले खेलमा सफलता हासिल गर्न दक्षतासँगै आत्मविश्वास र अनुशासन पनि उत्तिकै जरुरी रहेको उनले बताइ । ‘अहिले क्रिकेटमा आकर्षण छ, अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालले ढिलो पाइला चालेको भए पनि यसले राष्ट्रिय गौरव बढाएको छ’ क्रिकेट विकासका लागि सरकार संवेदनशील रहेको भन्दै उनले भने, सरकारका तर्फबाट के गर्नुपर्छ, प्रस्ताव लिएर आउनुहोस्, गर्न सक्ने म गर्न तयार छु ।’
युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, नेपाल क्रिकेट सङ्घ तदर्थ समितिका अध्यक्ष रमेश सिलवाललगायतले नेपाली युवा खेलाडीबाट नेपालले राम्रो परिणामको आशा राखेको बताए ।
मुख्य प्रशिक्षक जगतबहादुर टमाटा र कप्तान राजु रिजालले टोलीले भारतमा गएर धेरै अभ्यास खेल खेलेका कारण राम्रो तयारी भएको बताउँदै शतप्रतिशत प्रदर्शन गर्दै सुखद् परिणाम ल्याएर देशवासीलाई खुसी बनाउने प्रतिबद्धता व्यक्त गरे ।
खेलाडी, प्रशिक्षक र पदाधिकारीसहितको २० सदस्यीय नेपाली टोली बुधबार बङ्गलादेश प्रस्थान गर्दैछ । टोलीमा कप्तान रिजाल, उपकप्तान आरिफ शेख, सुनिल धमला, सन्दीप सुनार, शङ्कर राना, योगेन्द्रसिंह कार्की, दीपेन्द्रसिंह ऐरी, राजवीर सिंह, प्रेम तामाङ, इशान पाण्डे, दीपेश श्रेष्ठ, सन्दीप लामिछाने, सुशील कँडेल, हिमांशु दत्त र कुशल भुर्तेल छन् ।
त्यस्तै मुख्य प्रशिक्षकमा टमाटा, बलिङ प्रशिक्षकमा विनोद दास, व्यवस्थापकमा सुदीप शर्मा, प्राविधिक विश्लेषकमा रमण सिवाकोटी तथा चिकित्सकमा दिनेश भट्ट छन् ।
नेपालले पहिलो खेल यही माघ १४ गते न्युजिल्यान्डविरुद्ध खेल्दैछ भने भारत र आयरल्यान्ड पनि सोही समूहमा छन् । रासस

फागुनपछि ‘राष्ट्रिय सरकार’ गठन हुन्छ

एकीकृत नेकपा माओवादीका अध्यक्ष एवं उच्चस्तरीय राजनीतिक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फागुनमा नेपाली कांग्रेसको महाधिवेशन सकिएपछि राष्ट्रिय सरकार गठन हुने बताएका छन् । त्यसरी गठन हुने राष्ट्रिय सरकारमा नेपाली कांग्रेसका साथै आन्दोलनरत मधेसकेन्द्रित दलहरुको समेत सहभागिता रहने प्रचण्डले अनलाइनखबरलाई बताए । सरकार ढाल्नमा प्रचण्ड लागिदिए हुन्थ्यो भन्ने केही अमूक नेताहरुको ईच्छा रहेको प्रचण्डले ...

खेलकुद

५ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वकप खेल्ने तयारीमा रहेका यु–१९को राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई देशको नाम जपेर मैदानमा उत्रन आग्रह गरेका छन् । आगामी हप्ता बंगलादेशमा हुने विश्वकप खेल्न जानुअघि नेपाली टोलीलार्इ विदाइ गर्दै प्रधानमन्त्रीले भने-खेलेका बेला नेपाल सम्झनुहोस्, सगरमाथा सम्झनुहोस्...

आहा ! रारा गोल्डकप आजदेखि सुरु

५ माघ, पोखरा । आहा ! रारा गोल्डकप प्रतियोगिता मंगलबारदेखि पोखरामा शुरु हुँदैछ । माघ १६ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने १४ औं आहा ! रारा गोल्ड कपको आज दिउँसो एक बजे पोखरा रंगशालामा आयोजित एक विशेष कार्यक्रमकाबीच राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टले...

क्रिस गेलले बनाए १२ बलमा ५० रन

४ माघ, काठमाडौं । क्रिस गेलले युवराज सिंहको फस्टेस्ट ५० को रेकर्ड बराबरी गरेका छन् । बिग ब्यास लिगमा एडिलेड स्ट्रकर्सविरुद्धको खेलमा मेलबर्न रेन्जर्सबाट खेलेका गेलले १२ बलमा ५० रन बनाएका हुन् । भारतका युवराज सिंहले १९ सेप्टम्बर २००७ इंग्ल्याण्डविरुद्ध १२ बलमा ५० रनको...

माल्दिभ्सविरुद्ध नेपालले कुनै पनि सर्तमा जित्नुपर्छः महर्जन

४ माघ, काठमाडौं । नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले माल्दिभ्सविरुद्धको खेल जित्नै पर्ने बताएका छन् । बङबन्धु कपको सेमिफाइनलमा नेपालले भोलि मंगलबार माल्दिभ्सको सामना गर्नेछ । समूह चरणको तीन वटै खेलमा हार नव्यहोरेको नेपालले गोल भने एक मात्र गरेको छ । श्रीलंकालाई १-० ले...

टेनिसका ठूलो खेलहरुमा म्याच फिक्सिङ !

४ माघ, काठमाडौं । बीबीसीले आफूले पाएको दस्ताबेजका आधारमा विम्बल्डनसहित विश्व टेनिसका ठूला खेलहमा फिक्सिङको दाबी गरेको छ । बीबीसी र बजफिडले गरेको अध्ययनका क्रममा पछिल्लो १० वर्षमा कम्तिमा शीर्ष १६ खेलाडीविरुद्ध उजुरी परेको छ । र, उनीहरुमाथि जानाजान खेल हारेको आशंका गरिएको छ...

जिगोनमाथि रियल मड्रिडको सहज जित, रोनाल्डो रातो कार्डबाट जोगिए

४ माघ, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले स्पोटिङ गिजोनमाथि सहज जित हात पारेको छ । आइतबार राति भएको खेलमा रियल मड्रिडले गिजोनमाथि ५-१ को सहज जित हात पारेको हो । सबै गोल पहिलो हाफमा सम्भव भएको थियो । तर, रियलका ग्यारेथ...

बिल्बाओका गोलकिपरलाई रातो कार्ड, स्वरेजको हृयाट्रिक

४ माघ, काठमाडौं । लुइस स्वरेजको हृयाट्रिकको मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको बिल्बाओमाथि सहज जित हात पारेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सिमित बिल्बाओलाई ६-० ले पराजित गरेको हो । बार्सिलोनाको घरेलु मैदान नाउक्याम्पमा भएको खेलमा एथ्लेटिको बिल्बाओ...

यु-१९ विश्वकप क्रिकेट टोली सम्मानित

३ माघ, काठमाडौं । आइसीसी यू-१९ विश्वकप क्रिकेट खेल्न जान लागेको नेपाली टोलीको विदाई तथा सम्मान गरिएको छ । वैशाख १२ को ठुलो भुकम्पपछि विभिन्न समस्यामा परेकाहरुलाई स्थापित गर्ने उद्देश्यले स्थापना गरिएको वि विल राइज फाउन्डेसनले खेलाडीहरुलाई सम्मान गरेको हो । नेपालले अक्टोबरमा मलेसियामा...
- See more at: http://www.onlinekhabar.com/category/sports/#sthash.KugsR3ef.dpuf

भारत र अष्ट्रेलियाको वनडेमा अम्पायरले पनि लगाए हेल्मेट

६ माघ, काठमाडौं । अष्ट्रेलियाका जोन वार्ड हेलमेट लगाएर अम्पायरिङ गर्ने पहिलो अम्पायर बनेका छन् । बुधबार कानबरामा भएको भारत र अष्ट्रेलियाबीचको चौथो एकदिवसीय क्रिकेटमा उनले हेलमेट लगाएर अम्पायरिङ गरेका हुन् । खेल अघि नै उनले यसबारे जानकारी गराएका थिए । उनी छैटौं अन्तराष्ट्रिय... - See more